भारतको छत्तिसगढमा सुरक्षाबलको कारवाहीमा १० नक्सलवादीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

भारतको छत्तिसगढमा सुरक्षाबलको कारवाहीमा १० नक्सलवादीको मृत्यु

naxals killed in india

एजेन्सी, २४ माघ । मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच दोहोरो भिडन्त हुँदा १० जना माओवादी लडाकु मारिएका छन् ।
छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३ सय ६५ किलोमिटर टाढा रहेको भैरामगढमा सुरक्षा बल र माओवादीबीच भिडन्त भएको थियो ।

भारतीय विशेष सुरक्षाबलले उक्त इलाकामा माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा उक्त भीडन्त भएको भारतीय संचारमाध्यमले जनाएका छन ।

भीडन्तका क्रममा भारतीय सुरक्षा बलले माओवादीबाट १० वटा राईफल समेत बरामद गरेको जनाइएको छ । माओवादीमाथिको कारवाही जारी रहेको भारतीय अधिकारीहरुले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);