देश गम्भीर प्रतिगमनको अवस्थामा पुगेको छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०७९, बुधवार

देश गम्भीर प्रतिगमनको अवस्थामा पुगेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर प्रतिगमनको अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

आइतबार अखिल नेपाल महिला संघको सचिवालयको बैठकलाई भर्चअल सम्बोधन गर्दै अध्यक्ष ओलीले देश गम्भीर प्रतिगमनको अवस्थामा पुगेको र प्रतिगमन सच्चिन सजिलो नभएको बताएका हुन् ।

ओलीले माधवकुमार नेपालबाहेकका सांसद तथा कार्यकर्ताहरुलाई पार्टीमा फर्कनसमेत आग्रह गरेका छन् । केही व्यक्तिहरु आफ्नो स्वार्थका लागि प्रतिक्रियावादीहरुसँग मिलेको आरोप लगाउँदै ओलीले पार्टी विरुधी षड्यन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्तालाई आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले भने–‘‘प्रतिक्रियावादीहरुसँग मिलेर आफ्नो सरकार ढालेको हामी देखिरहेका छौं । आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौं । आफ्ना सांसद्हरुलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामी देखिरहेका छौं। हामी देखिरहेका छौं, कसरी उनीहरु राष्ट्रपतिकहाँ विरोधीका पछिपछि लागेर एमालेको सरकार ढाल्न विरोधीलाई बनाउन गइरहेका छन्, हामी देखिरहेका छौं। फेरि त्यस्ता तत्वहरुको पछि लागेर आन्दोलनको भविष्य कमजोर पार्ने र आफ्नो भविष्य ध्वस्त पार्ने काम किन गर्नेरु त्यसकारण म अहिले पनि भन्न चाहन्छु, पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्किनुस्। “

अध्यक्ष अ‍ोलीले एमाले कुनै गुण्डा दल नभई परिपक्व राजनीतिक पार्टी भएको बताएका छन् । उनले अहिले पनि देशको धेरै जनसंख्या एमाले र आफ्नो साथमा रहेको समेत दाबी गरेका छन् ।

Leave a Reply