ओमानसँग हारको बदला लिने नेपाललाई अवसर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओमानसँग हारको बदला लिने नेपाललाई अवसर

कपिलवस्तु । अघिल्लोपटक सन २०२० मा कीर्तिपुर खेल मैदानमा नेपाल र ओमान दुईपटक भिडेका थिए । क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नपहिलोपटक घरेलु मैदानमा खेलेको नेपाल दुईपटक हारेको थियो । समर्थकलाई निराश बनाएको नेपालको लागि आजको जित हारको बदला लिने महत्त्वपूर्ण मौका हुन सक्ने देखिन्छ ।

नेपालले लिग अन्तर्गत छैटौँ खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानको सामना गर्दै छ । ओमानको गृह मैदान अल अमरतमा हुने डे एन्ड नाइट खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ देखि सुरु हुनेछ । अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । तर, आजको खेलमा विजयी भएमा चौथो स्थानमा पुग्नेछ । अमेरिकालाई हराउँदै उच्च प्रदर्शन गरेको नेपालको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । 

सहभागी टिममध्ये नेपालले सबैभन्दा कम खेल खेलेको छ । अंक तालिकामा १० खेल खेलेको ओमान आठ जित र दुई हारका साथ १६ अङ्क जोड्दै पहिलो स्थानमा छ । यसैगरी, १३ खेलमा ६ जित, सात हारका साथ १२ अङ्क जोड्दै अमेरिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलमा नौअंक र चौथो स्थानमा रहेको नामिवियाको सात खेलमा आठ अंक छ । नेपालले पाँच खेलमा तीन जित दुई हारसहित ६ अङ्क जोड्न सफल भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);