काठमाडौं ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिष्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल बिहान साढे ९ बजे शुरु हुनेछ । घरेलु मैदानमा जारी त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानको सामना गर्न लागेको हो । प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउन दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ ।
नेपाल आजको खेलमा स्पष्ट जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ भने ओमान पनि घरेलु टोलीलाई स्तब्ध पार्दै महत्वपूर्ण अङ्क जोड्ने दाउमा छ । लिग–२ को यस श्रृङ्खलामा नेपाल, ओमान र युएई सहभागी छन् ।




