च्याम्पियन्स लिगमा टोटनहमको अप्रत्यासीत हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

च्याम्पियन्स लिगमा टोटनहमको अप्रत्यासीत हार

spurs vs leipzig

एजेन्सी, ८ फागुन । च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार राति अन्तिम १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो । तर घरेलु टोलीका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट खेल प्रर्दशन गर्दै थप गोल हुन भने दिएनन् । दोस्रो खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);