ब्राभो बने टी- २० क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ब्राभो बने टी- २० क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर

एजेन्सी, ११ भदौ । वेष्ट इन्डिजका ड्वाइन ब्राभो टी–२० क्रिकेटमा ५ सय विकेट लिने विश्वकै पहिलो बलर भएका छन् । क्यारेबियन प्रिमियर लिग सीपीएलमा ट्रिनबागो नाइट राइडर्सबाट खेल्दै सेन्ट लुसिया जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै ब्राभो ५ सय विकेट लिने विश्वकै पहिलो बलर भएका हुन् ।

उक्त विकेट सीपीएलमा ब्राभोको १ सयौं विकेट पनि हो । यसअघि टी–२० क्रिकेटमा ३सय र ४ विकेट लिने पहिलो खेलाडी पनि ब्राभो नै भएका थिए । टी–२० क्रिकेटमा पहिले १ सय र २ सय विकेट पूरा गर्ने खेलाडी भने अष्ट्रेलियाका डिर्क नान्स हुन् । टी–२० मा सर्वाधिक विकेट लिनेमा ब्राभो दोस्रो स्थानको खेलाडीभन्दा धेरै अगाडि छन् ।

त्यसैले अरु खेलको लागि यो कीर्तिमान तोड्न कठिन हुन सक्छ । टि–२० क्रिकेटमा श्रीलंकाका बलर लासिथ मालिंगाले ३ सय ९० विकेट लिएका छन् । अहिले खेलिरहेकामध्ये अफगानिस्तानका युवा स्पीनर रसिद खानले ३०० विकेट पूरा गरिसकेका छन् । इ०डीयन प्रिमियर लिग आईपीएलमा ब्राभोेले १ सय ४७ विकेट लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);