पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी, १ वैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा पीएसजी बायर्नसँग १–० गोल अन्तरले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।

पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्याउन पर्याप्त भएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);