नेपाली क्रिकेट टोली बेलायतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली क्रिकेट टोली बेलायतमा

काठमाडौं, ३ साउन। नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने टी–ट्वेन्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली टोली बिहीबार बेलायत पुगेको छ । बल्ल बल्ल पाएको ओडिआईको पहिलो खेलमा नेपाली टोलीले कस्तो प्रदर्शन गर्ने हो भन्नेबारे नेपाली खेल चिन्तकमा निकै चासो छ ।

त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र ३ मा एक दिवसिय क्रिकेट हुने बताइएको छ । नेपाली टोली सदस्य शक्ति गौचनले त्यहि नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

बाँकीका खेलमा उनले बेञ्चबाटै हौसला दिने काम गर्नेछन् । पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो । बिहीबार बेलायत प्रस्थान गरेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् ।

यस्तै रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले टोलीमा छन् । घरेलु टु्र्नामेण्टमा अधिकांश समयमा व्यस्त रहेका खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटको अभिभावक निकाय क्रिकेट एसोसिएसन नेपाल (क्यान) आइसीसीको निलम्बनबाट फुकुवा हुने लगभग निश्चित भएसँगै खेलाडीमा मानसिक दबाब नहुने अर्को बलियो पक्ष हुन सक्ने अनुमान लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);