ब्राजिलियन गोलकिपर एलिसन बने विश्वका सबैभन्दा महङ्गा गोलकिपर | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

ब्राजिलियन गोलकिपर एलिसन बने विश्वका सबैभन्दा महङ्गा गोलकिपर

alisson becker

एजेन्सी, ४ साउन । ब्राजिलका एलिसन बेकर विश्वका सबैभन्दा महङ्गा गोलकिपर बनेका छन् । ब्राजिलका पहिरो रोजाइका गोलकिपर एलिसनलाई इङ्लिस क्लब लिभरपुलले ७२ दशमलव ५ मिलियन युरोभन्दा बढी मूल्यमा इटालियन क्लब रोमाबाट भित्र्याएको छ ।

लिभरपुलले भने एलिसनलाई खर्च गरेको रकम सार्वजनिक गरेको छैन । यद्यपि, एलिसन र लिभरपुलबीच ६ वर्षे सम्झौता भएको छ । रोमाले सार्वजनिक गरेको मूल्य अनुसार एलिसन विश्वका सबैभन्दा महङ्गा किपर बनेका छन् ।

२५ वर्षीय एलिसन दुई वर्षदेखि रोमामा आवद्ध थिए । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले विश्वकै उत्कृष्ट किपरलाई क्लबमा भित्र्याउन पाउँदा क्लब निकै उत्साही रहेको बताए ।

एलिसनलाई लिभरपुल भित्र्याउन लिभरपुलकै स्ट्राइकर मोहम्मद सलाहले भूमिका खेलेका थिए । एलिसनले लिभरपुलसँग आवद्ध भएसँगै आफ्नो सपना पूरा भएको बताएका छन् ।

ताजा समाचार