पोल्याण्डमा रंगशालामै पुगेर फुटबल खेल हेर्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोल्याण्डमा रंगशालामै पुगेर फुटबल खेल हेर्न अनुमति

Poland football

एजेन्सी, ६ असार । पोल्याण्डले रंगशालामै पुगेर फुटबल खेल हेर्न पाउने व्यवस्था लागू गरेको छ । कोरोना भाइरसको महामारीपछि लगाइएका बन्देज खुकुलो गर्दै पोल्याण्डले रंगशालामै गएर फुटबल हेर्न अनुमति दिएको हो ।

दर्शकलाई रंगशालामै उपस्थित भएर फुटबल खेल हेर्न अनुमति दिने पोल्याण्ड पहिलो युरोपेली मुलुक हो । यद्यपि रंगशालामा दर्शकको उपस्थितिका लागि नयाँ नियम लगाइएको छ । केबल २५ प्रतिशत सिटमा मात्र दर्शकहरुको उपस्थिति रहने छ ।

प्रत्येक चौथो सिटमा एकजना बस्न पाउनेछन् । एकै परिवारका दर्शकलाई भने एकसाथ बस्न दिइने छ । दर्शकले प्रशंसकले सिटसम्म पुग्दा र बाहिर निस्किने समयमा मास्क लगाउनु अनिवार्य गरिएको छ ।

साथै रंगशालामा स्यानिटाइजर पनि उपलब्ध गराइनेछ । खेल हेर्न स्थानीय दर्शक मात्र जान पाउनेछन् र उनीहरुलाई अनलाइनमार्फत टिकट उपलब्ध गराइनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);