महिलाहरुलाई रंगशालामा उपस्थित भएर फुटबल हेर्न लगाइएको प्रतिबन्ध फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिलाहरुलाई रंगशालामा उपस्थित भएर फुटबल हेर्न लगाइएको प्रतिबन्ध फुकुवा

saudi-arebia

एजेन्सी, २९ पुष । साउदी अरेबियामा महिलाहरुलाई रंगशालामा उपस्थित भएर फुटबल हेर्न लगाइएको प्रतिबन्ध फुकुवा, महिलाहरु जेद्धाह शहरको रंगशालामा पहिलोपटक उपस्थित ।

परम्परावादी मुलुक साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा (प्यारापिट) मा बस्न दिएको छ ।

महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा महिलालाई पहिलो पटक शुक्रबार फुटबल खेलको दर्शकदीर्घामा बस्न दिइएको हो । जेद्धाह शहरस्थित रंगशालामा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित उपस्थित भएका थिए ।

स्थानीय क्लबबीचको खेल हेर्न उपस्थित महिलालाई महिला कर्मचारीले नै रंगशालामा प्रवेश गराएका थिए । साउदी अरेबियामा महिलालाई दशकौंदखि रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत साउदी अरेबिया महिलामाथि खुकुलो हुँदै गएको हो ।

साउदी अरेबियाले महिलालाई गाडी चलाउन नपाउने प्रतिबन्ध पनि फुकुवा गरिसकेको छ । महिलाहरुले आउँदो जुन महिनादेखि गाडी चलाउन पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);