विश्वकप फाइनल गर्ने प्रस्तावित लुजाइल रंगशालाको नमुना सार्वजनिक, कचौरा आकृतिमा नमुना पेश | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विश्वकप फाइनल गर्ने प्रस्तावित लुजाइल रंगशालाको नमुना सार्वजनिक, कचौरा आकृतिमा नमुना पेश

world cup sample

काठमाडौं, ३ पुस । विश्वकप फाइनल गर्ने प्रस्तावित रंगशालाको नमुना सार्वजनिक भएको छ । चार वर्षपछि हुने विश्वकपका लागि कतार सरकारद्धारा आयोजना तयारीको जिम्मा पाएको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)ले निर्माणाधिन आठमध्ये बहुप्रतिष्ठित लुजाइल रंगशालाको नमुना सार्वजनिक गरेको छ ।

राजधानी दोहाभन्दा १५ किलोमिटर उत्तरमा रहेको लुजाइल मरिनामा एक भव्य कार्यक्रमका बीच एससीले कचौरा आकृतिमा बन्न लागेको स्वर्णिम रंगको रंगशालाको नमुना पेश गरेको हो । मध्यपूर्वको प्राचिन शिल्पकारिता झल्किने आकृतिको लुजाइल रंगशाला ८० हजार दर्शक क्षमताको हुनेछ ।

आयोजकले यही रंगशालामा चार वर्षपछि हुने विश्वकप २०२२ का उदघाटन र फाइनल खेल खेलाउने प्रस्ताव गरेको छ । हामीले फिफा विश्वकप २०२२ आयोजनाको अधिकार पाएको आठ वर्ष भएको छ । हामीले यसबीचमा विश्वलाई आश्चर्य अपेक्षा गर्न भन्दै आएका छौं । आज यो रंगशालाको आकर्षक नमुना प्रस्तुत गर्दै त्यही बाचा पूरा गर्ने बाटोमा रहेको देखाउन पाउँदा हामीलाई गौरव लागिरहेको छ ।

एससीका महासचिव हसनअल थावाडीले लुजाइल रंगशाला निर्माणाधिन नयाँ सहरको बीचमा हुने र भविष्यका लागि बनाइन लागेको सहर रहेको बताउनु भएको छ । विश्वकप सकिएपछि यो रंगशाला अन्य सात रंगशालाजस्तै नयाँ समुदायको एउटा हिस्सा बन्नेछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाकी महासचिव फातमा सामौराले कतारको विश्वकप तयारी तिव्र गतिमा भइरहेको भन्दै त्यसको प्रशंसा गर्नु भएको हो ।

उहाले कतारले विश्वकप आयोजनाको तयारीमा निरन्तर पूर्ण प्रतिबद्धताका साथ गरेको कामबाट आफु अत्यन्तै खुसी भएको बताउनु भएके छ । लुजाइल रंगशालालाई आकर्षक स्वरुप दिन कतारले गरेको मेहनत प्रशंसनीय छ । सामौराका अनुसार कतारका रंगशालाहरु सामान्य रुपमा देखिने भन्दा धेरै आकर्षक छन् । फाइनलका लागि प्रस्तावित रंगशाला त झनै भव्य छ । खासगरी मध्यपूर्वको संस्कृति पनि कतारले लुजाइल रंगशालामा झल्काउने प्रयास गरेको छ ।

विश्वभरबाट आउने फुटबलका समर्थकहरुले यहाँ विश्वकपको मजासँगै मध्यपूर्वको इतिहास र संस्कृति पनि अध्ययन गर्न पाउनेछन् । एससीका अनुसार लुजाइल रंगशाला निर्माणको काम सबै क्षेत्रमा तिव्र गतिमा चलिरहेको छ । २०२० सम्ममा यो रंगशाला निर्माणको सम्पूर्ण काम सक्ने कतार प्रशासनको योजना छ । विश्वकप आयोजनाका लागि प्रस्तावितमध्ये खलिफा अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माणको काम २०१७ मै सम्पन्न भइसकेको थियो ।

खलिफा रंगशाला विश्वकपका लागि तयार भएको पहिलो पूर्वाधार थियो । थप दुई रंगशाला अल वाख्रा र अल बायात निर्माणको काम पनि अन्तिम चरणमा रहेको फिफा र कतारी आयोजकहरुले जनाएका छन् । अल खोरमा निर्माणाधिन अल वाख्रा र अल बायात रंगशालाको सम्पूर्ण काम आउँदो वर्ष २०१९ को सुरुआतमै सकिने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);