७ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

७ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब

money

काठमाडौं,९ फागुन । चालू आर्थिक वर्ष ८०/८१ को ७ महिनामा नेपालले ८ खर्ब ११ अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा भोगेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्ममा ८ खर्ब ११ अर्ब बढीको वैदेशिक व्यापार घाटा भएको छ । बेहोरेको हो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने यो १ दशमलव ७७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष को ७ महिनामा नेपालले ८ खर्ब २५ अर्ब व्यापार घाटा बेहोरेको थियो । चालू वर्षको तुलनामा यो १३ अर्बभन्दा धेरै हो । यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २ यो ३१ प्रतिशतले कम हो । ७ महिनामा निर्यात व्यापार ७ दशमलव ०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।

मुलुकको व्यापार २९ वटा देशसँग नाफा तथा १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको तथ्यांक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);