अन्तिम खेल बेस्ट खेल्छौँः कप्तान रोहित | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

अन्तिम खेल बेस्ट खेल्छौँः कप्तान रोहित

काठमाडौं,१० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डबिरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताउनुभएको छ । बुधवार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसावले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताउनु भयो । उहाँले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताउनु भयो । उहाँले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो भुमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु । म शुन्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचे जस्तो शुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाईको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ । हामीले सिच्वेशन हेरिरहेका छौँ । आजको हारले गर्दा सबैजना मोटिभेटेड छन् । अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ ।’

नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आईतवार खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);