गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक होः जगत टमाटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक होः जगत टमाटा

काठमाडौं, २२ माघ ||
दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताउनु भयो । उहाँले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताउनु भयो । विश्वकप एउटा सपना हुने भन्दै उहाँले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताउनु भयो । उहाँले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रश्तुती भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताउनु भयो । उहाँले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो ? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताउनु भयो । उहाँले विश्वकपमा राम्रँे स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताउनु भयो ।
त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनु भयो । उहाँले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताउनु भयो । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनु भयो ।
त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनु भयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताउनु भयो ।
त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भयो ।
यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताउनु भयो । उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनु भयो । उहाँले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बतँउनु भयो । विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);