महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौ। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

आजै राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति सार्वजकि गर्दे उक्त कुराको जानकारी दिएको हो । खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत बनेका थिए ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’

Leave a Reply

ताजा समाचार