उत्तर कोरियाले गर्यो अमेरिकाको निन्दा, परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

उत्तर कोरियाले गर्यो अमेरिकाको निन्दा, परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी

uttar koria

काठमाडौं, २ पुस । उत्तर कोरियाले आफ्ना नागरिक तथा प्रशासनिक अधिकारीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाउने अमेरिकाको कदमको निन्दा गरेको छ । उत्तर कोरियाले यस्तो कदमले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ ।

उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको विवरण आएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गर्ने बित्तिकै उत्तर कोरियाले वक्तव्य जारी गर्दै यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने बताएको छ ।

कोरियाले आफू अमेरिकी कदमका कारण स्तब्ध र क्रुद्ध भएको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । सन् २०१७ को एप्रिल मध्य सम्म कोरियाली प्रायद्वीपमा देखिएको सँकट द्वीतिय विश्वयुद्ध पछि तत्कालीन सोभियत सँघ –चिनियाँ गठवन्धन र अमेरीका वीचको सन् १९५०–१९५३ को कोरियाली जंघारमा भडकिएको युद्ध पछाडिको अति संवेदनशिल अवस्थाबाट अगाडी वढदैछ ।

समाजवादी मुलुक उत्तर कोरिया र अमेरिकी गठवन्धनको दक्षिण कोरिया विभाजन पछि निरन्तर दुवै देशहरु वीच धेरै पटक युद्धको झिनो अन्तरबाट घटनाक्रमहरु विकसित भएका छन् । सन् १९५३ मा ती दुई कोरिया वीच युद्धविराम सन्धीमात्र भएको अवस्थामा यही तनाव जारी रहँदा कुनै पनि वेला कोरिया प्रायद्वीपमा युद्ध भडकन सक्ने संभावना रहन्छ ।

परम्परागत समाजवादी सोभियत संघ विघटन भइ पुँजीवादी रसियाली फेडेरेशनको प्रभाव क्रिमीया र सिरिया संकटमा मात्र सिमित हुनु र चिनियाँ सामथ्र्य वाह्यद्वन्दमा तटस्थ रहँदै आफ्नै आर्थिक विकास र सामरिक विस्तारमा तल्लिन भएको रणनीतिक अवस्थाको फाइदा उठाउँदै अमेरिकी साम्राज्यवादलले आफ्नै लागि प्रत्युत्पादक हुने आशंकाका वीच पनि उत्तर कोरिया माथी एक पक्षिय कारवाही गर्ने खालका अभिब्यक्तिहरुको प्रचारमा सँचारयुद्ध छेडिरहेकोछ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच गत जुन महिनामा सिङ्गापुरमा भएको बैठकमा त्यस विषयमा अस्पष्ट सम्झौता भएको थियो । तर त्यसयता त्यस विषयमा थप प्रगति हुन सकेको छैन ।

त्यस विषयमा हुने भनिएको थप वार्ता अचानक स्थगित हुन पुगेको थियो। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको परमाणु पर्यवेक्षण निकायका निरीक्षकहरूलाई समेत आफ्नो देश प्रवेश गर्न निषेध गरिसकेको छ । सिङ्गापुरमा भएको किम–ट्रम्प शिखर बैठकपछि उत्तर कोरियासँगको तनाव केही कम भएको अनुभव गरिए पनि त्यो स्थायी हुन सकेको छैन ।

अब फेरि दुई पक्षबीच अर्को चरणको वार्ता हुनु पर्ने सुझावहरू आएपछि ट्रम्पले यो साता मात्रै आफू त्यस विषयमा खुला भए पनि अर्को वार्ताका लागि नहतारिएको प्रतिक्रिया दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);