रसियामा पुटिनको पार्टीलाई बहुमत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रसियामा पुटिनको पार्टीलाई बहुमत

एजेन्सी । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । 

५० प्रतिशत मतगणना हुँदा युनाईटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ । तल्लो सदन डुमामा कूल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन् । 

तीन चरणमा गरिएको निर्वाचनमा १४ ओटा राजनीतिक दलहरुले प्रतिष्प्रर्धा गरेका थिए । पुटिनका आलोचकलाई भने प्रतिष्प्रर्धामा रोक लगाइएको थियो । सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो । उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो । 

निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);