शाहरुखको कमब्याक ‘पठान’ मा फ्यानमा देखियो धेरै क्रेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शाहरुखको कमब्याक ‘पठान’ मा फ्यानमा देखियो धेरै क्रेज

एजेन्सी । बलिउडका बादशाह शाहरुख खान चार वर्षपछि एक्सन थ्रिलर फिल्म ‘पठान’ मार्फत सिल्भर स्क्रिनमा कमब्याक गर्दैछन् । शाहरुखको आगामी फिल्मको क्रेजले फ्यानहरु खुशी भएका छन् । शाहरुखको यस्तो क्रेज छ कि फ्यानहरु महँगो टिकट किन्नबाट पनि पछि परेका छैनन् र फिल्मको अग्रिम बुकिङ पनि ठूलै मात्रामा भइरहेको छ ।

यी सबैको बीचमा फिल्म पत्रकार तथा एक उत्कृष्ट ट्रेड एनालिस्ट हिमेश मङ्कडले शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘पठान’लाई लिएर मानिसहरुको अत्याधिक क्रेज, फिल्मको अग्रिम बुकिङको ट्रेन्ड, दर्शकहरुको बारेमा न्युज एजेन्सीलाई जानकारी दिए । फिल्ममा आकर्षक फिचर र व्यावसायिक सम्भावनाका बारेमा चर्चा गरिएको छ ।

यो फिल्म कम्तिमा ५० हजार शाहरुख फ्यानले यी स्पेशल स्क्रिनिङबाट फिल्म हेर्नेछन् । ठूलो मागका कारण फिल्म सिटीको संख्या (बढेर करिब २५० पुग्यो) र फिल्म हेर्ने शाहरुखका फ्यान पनि बढेर ६५ हजारदेखि ७० हजारसम्म पुग्न सक्ने निर्माताहरुले आकंलन गरेका छन् ।

शाहरुख खान चार वर्षपछि सिनेमामा नायकको रुपमा फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । त्यसैले शाहरुखका फ्यानमा ‘पठान’ हेर्नको लागि रहेको अत्याधिक उत्साह र उत्कृष्ट अग्रिम बुकिङका कारण ‘पठान’ले राम्रो ओपनिङ हात पाउने विश्वास गरिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ । अब ‘पठान’ ले बक्स अफिसमा कस्तो कीर्तिमान बनाउन सक्छ, त्यो हेर्नु रोचक हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);