करिश्माले श्रीमान् र फिल्मबाट टाढिएर पनि कसरी कमाइन् करोडौं ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

करिश्माले श्रीमान् र फिल्मबाट टाढिएर पनि कसरी कमाइन् करोडौं !

एजेन्सी । करिश्मा कपुर ९० को दशककी बलिउडकी चर्चित अभिनेत्री हुन्। करिश्माले एकभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी छिन् । यद्यपी अहिले नायिका चलचित्रमा खासै सक्रिय देखिदैनन् । करिश्माले १९९१ मा फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् । आफ्नो करियरको चरम सीमामा करिश्माले सन् २००३ मा व्यापारी सञ्जय कपूरसँग विवाह गरिन् ।

यद्यपि करिश्मा र सञ्जयको सन् २०१६ मा सम्बन्धविच्छेद भएको थियो । करिश्मा फिल्म र पतिबाट टाढा भए पनि उनको कमाई करोडमा छ । करिश्मा करोडौंको सम्पत्तिकी मालिक हुन् ।
करिश्मा कपूरको नेटवर्थको कुरा गर्ने हो भने अभिनेत्रीको कुल सम्पत्ति २ मिलियन डलर अर्थात ८७ करोड रुपैयाँ छ । करिश्माको आम्दानीको स्रोत अभिनय र विज्ञापन हो ।

उनीसँग मर्सिडीज बेन्ज एस क्लास, लेक्सस एलएक्स ४७०, मर्सिडीज बेन्ज इ क्लास, बीएमडब्ल्यू ७ सिरिज र अडी क्यु७ जस्ता महँगो गाडीहरू छन्। करिश्माको जन्म २५ जुन १९७४ मा भएको थियो । करिश्मालाई परिवारका सदस्यहरू र फिल्म उद्योगका मानिसहरूले मायाले ’लोलो’ भन्ने गर्छन्।

करिश्मा चाँडै ‘ब्राउन’ रंगीन वेब सिरिजमा देखिनेछिन् । यसअघि उनी ‘मेन्टलहुड’ नामक वेब सिरिजमा देखिएकी थिइन् । कपुर आफ्ना दुई सन्तान कियान राज कपुर र समाइरा कपुरसँग खुसीको जीवन बिताइरहेका छिन् । अभिनेत्री प्रायः सामाजिक सञ्जालमा पारिवारिक तस्बिर सेयर गर्ने गर्छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);