गुडिरहेको मोटरसाइकलमा रोमान्स गर्ने दम्पती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुडिरहेको मोटरसाइकलमा रोमान्स गर्ने दम्पती पक्राउ

एजेन्सी । भारतको छत्तीसगढको दुर्ग जिल्लामा एक जोडीले बाइकमा रोमान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको छ । कथित भिडियोमा एक केटा र केटी चलिरहेको बाइकमा रोमान्टिक मुडमा देखिएका छन्। केटा मोटरसाइकल चलाउँदै छ र केटी बाइकको ट्याङ्कीमा केटाको मुख हेरेर बसेकी छिन् । दुबै एकअर्कालाई अँगालो हालेको देखिन्छ ।

लापरवाहीपूर्वक गाडी चलाउने र अश्लील क्रियाकलाप गर्ने जोडीको भिडियो भाइरल भएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको छ । दुवै जना पक्राउ परेका छन् । दम्पतीसँग कागजपत्र नभएको र चोरीको मोटरसाइकल चलाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

आफू चढेको मोटरसाइकलमा रजिष्ट्रेसन प्लेट नभएको र अनुसन्धानका क्रममा मोटरसाइकल एक वर्षअघि गाउँबाट चोरी भएको प्रहरीले आरोप लगाएको छ । मोटरसाइकलको बजार मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको भए पनि कागजपत्रविना युवकले ९ हजार रुपैयाँमा बाइक किनेका थिए । मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यसअघि उत्तर प्रदेशको राजधानी लखनउमा पनि यस्तै एउटा घटना सार्वजनिक भएको थियो जहाँ एक युवकले एक नाबालिग केटीलाई बाइकमा रोमान्स गरेका थिए । यस घटनामा प्रहरीले बालकलाई कारबाही गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);