बैंकका चेक र २१ लाख ८७ हजार सहित बालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

बैंकका चेक र २१ लाख ८७ हजार सहित बालक पक्राउ

salary money

विराटनगर, १५ कात्तिक । अवैध २१ लाख ८७ हजार रुपैयाँसहित १६ वर्षे बालकलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट एक बालकलाई नगदसहित पक्राउ गरेको हो ।

प्रहरीको अनुसार मोटरसाइकलमा सवार बालकले पछाडि भिर्ने कालो ब्यागमा उक्त रकम बोकेका थिए । बालकको साथबाट एक हजार रुपैयाँ दरको १६८७ थान अर्थात् १६ लाख ८७ हजार रुपैयाँ र ५०० रुपैयाँ दरको एक हजार थान अर्थात् ५ लाख रुपैयाँ बरामद गरेको हो ।

बालकको साथबाट कुमारी बैङ्क लिमिटेडको एक थान चेक बुक, एनआइसी एसिया बैङ्कको काटिएको एउटा चेक, ग्लोबल आइएमई बैङ्कको विभिन्न मितिमा जम्मा गरिएको चार थान भौचर र प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । हुन्डी कारोबारीले ती बालकलाई प्रयोग गरेर रकम ओसार पसार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply