ट्रेनिङ सेन्टरमा जुवा खेल्ने कलाकारसहित ९ जना सिंहदरबार वृत्तमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्रेनिङ सेन्टरमा जुवा खेल्ने कलाकारसहित ९ जना सिंहदरबार वृत्तमा

काठमाडौं, १५ कात्तिक । काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई मंगलबार साझ पक्राउ परेका छन् ।

शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको सिंहदरबार वृत्तले उनीहरुलाई पक्राउ गरेको हो । उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्दै आएका छन् ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको बुझिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);