लमजुङमा ७६ हजार नगदसहित नौ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

लमजुङमा ७६ हजार नगदसहित नौ जुवाडे पक्राउ

juwade pakrau

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-३ सोती पसलबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

स्थानीय धनवीर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नगद ७६ हजार १८५ रुपैयाँ र ताससहित ९ जनालाई पक्राउ गरेको भोर्लेटारका प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए ।  

पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको छ। दशैंतिहार नजिकिएसँगै चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रहरीले जिल्लामा सुरक्षा  निगरानी बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);