नियन्त्रित लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

नियन्त्रित लागूऔषधसहित पक्राउ

सर्लाही,१७ पुस । नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–५ स्थितबाट नियन्त्रित लागूऔषध वानरेक्स १ सय एमएलको ५ सय ९२ बोतल, स्पास्मो–प्रोक्सिभोन प्लस लेखिएको २ हजार १ सय ६० ट्याब्लेट, नाइट्राभेट ३ हजार ट्याब्लेट र नगद १ लाख ५ हजार ८ सय १५ रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–७ बस्ने ४० वर्षीय बैजु महरा र सोही नगरपालिका–३ बस्ने ३६ वर्षीय मदन बहादुर घिसिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्र.२.०३.००७ प ८४०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);