करिश्मा अभिनेत्री बन्न खोज्दा कपुर परिवारले अस्वीकार गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

करिश्मा अभिनेत्री बन्न खोज्दा कपुर परिवारले अस्वीकार गरेको खुलासा

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपूर १७ वर्षकी हुँदा फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । करिश्मा कपूर परिवारमा फिल्ममा अभिनय गर्ने पहिलो छोरी थिइन्। कपूर परिवारले करिश्मालाई फिल्ममा देखाउन चाहेको थिएन । जब करिश्माले आफ्नो परिवारलाई उनी अभिनेत्री बन्न चाहन्छिन् भने परिवारका धेरै सदस्य उनको निर्णयको विरुद्धमा थिए । यसको खुलासा करीना कपुर गरेकी छिन् । यो कुरा करिनाले एक च्याट शोमा बताएकी थिइन् ।

कफी विथ करणमा करीनाले भनिन्, “परिवारमा कसैले पनि करिश्माको निर्णयलाई समर्थन गरेनन् । आमा बबिता मात्र उनको साथमा उभिइन्। मैले मेरी दिदी र आमालाई धेरै संघर्ष गरेको देखेँ। मैले करिश्मालाई आमाको रूपमा देखेँ। मेरो अगाडि धेरै रोएको देखे। सबैले बेइज्जत गर्ने प्रयास गर्ने भएकाले नायिका बन्न नसक्ने बताए ।’ तर, परिवारको प्रतिबन्धलाई बेवास्ता गर्दै अभिनेत्रीले सन् १९९१ मा फिल्म ‘प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । करिश्मा आफैंले पनि फिल्ममा प्रवेशका लागि आफ्नो संघर्षको बारेमा धेरै पटक कुरा गरिसकेकी छिन् ।

फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा करिश्माले भनिन्,‘जब म मेरो हजुरबुवा राज कपूरसँग पहिलो पटक राम तेरी गंगा मैलीको सेटमा गएकी थिएँ, तब मलाई हिरोइन बन्न मन लागेको महसुस भयो । म एक अभिनेता बन्ने र मेरो परिवारको विरासतलाई अगाडि बढाउन चाहन्छु भन्ने निर्णय गरें।’ धेरै उतारचढाव देखेपछि करिश्माले अन्ततः फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाइन् । उनी कुली नम्बर १, राजा हिन्दुस्तानी, दिल तो पागल है, फिजा, जुबैदा, साजन चले ससुराल जस्ता धेरै सुपरहिट फिल्महरूमा देखिएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);