भारतमा ‘पठान’को अग्रिम बुकिङको पहिलो दिन विक्रि बम्पर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भारतमा ‘पठान’को अग्रिम बुकिङको पहिलो दिन विक्रि बम्पर

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खान र दीपिका पादुकोणको आगामी फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । ‘पठान’ को लागि भारतमा पनि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ । जसका कारण अग्रिम बुकिङको पहिलो दिन ‘पठान’ टिकटको बिक्री बम्पर देखिएको छ । शाहरुख खानको ‘पठान’ ले उत्कृष्ट अग्रिम बुकिङका कारण रिलिजदेखि नै धमाका कमाएको छ ।

केही समय अघि, ’पठान’ को निर्माताहरुले अग्रिम टिकट बुकिङ भारत मा शुक्रवार जनवरी २० देखि सुरु हुने घोषणा गरेका थिए । जसअनुसार शुक्रबारदेखि ‘पठान’को टिकट बुकिङ सुरु भएको हो । सुपरस्टार शाहरुख खानको पठानको क्रेज जताततै देखिएको छ । निर्माताहरुले ‘पठान’ रिलिज हुनुअघि नै अहिलेसम्म दुई लाख टिकट अग्रिम बुकिङ भइसकेको जनाएका छन् । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘पठान’को अग्रिम टिकट बुकिङका आधारमा पहिलो दिन फिल्मको ५० हजारभन्दा बढी टिकट बुकिङ भइसकेको छ ।

अर्कोतर्फ, ‘पठान’ टिकटको कुल अग्रिम बुकिङका आधारमा राष्ट्रिय चेन अर्थात् हालसम्म पीभीआरको ७५ हजार ५००, आइनक्सको ६० हजार ५०० र सिनेपोलिसको ३५ हजार ५०० टिकटको कूल अग्रिम बुकिङ भएको उल्लेख छ । भारतमा ‘पठान’का ५ सय टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);