नौलाख तारा अस्ताए, पन्नाकाजीको ८५ वर्षमा निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नौलाख तारा अस्ताए, पन्नाकाजीको ८५ वर्षमा निधन

१२ माघ, काठमाडाैं । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन, आजै टेकु दोभानमा अन्तिम संस्कार गरिदै

नौलाख तारा अस्ताए

१२ माघ, काठमाण्डौ । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको तिरिरी मुरली बज्यो वनैमा गीत निकै चर्चित छ । शरदकुमार शाक्यको शब्द रहेको गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिनुभएको थियो ।

 

विक्रम संवत १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गर्नुभएको थियो ।

 

साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले उनलाई गायकको रुपमा जागिर दिनुभएको थियो ।

 

२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाउनुभएको पन्नाकाजीले २०४० सालसम्म त्यहाँ काम गर्नुभएको थियो  रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम हुनुभएको थियो भने पन्नाकाजी गायनतर्फ प्रथम हुनुभएको थियो ।

उहाँले किन–किन तिम्रो तस्बिर र लोलाएका ती तिम्रा आँखा को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायतका गितहरु सिर्जना दिनुभएको छ ।

आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।

पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील हुनुहुन्छ । उहाँको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);