१४ लाखभन्दा बढी फर्किए गाउँ | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

१४ लाखभन्दा बढी फर्किए गाउँ

yatru

काठमाडौं, १७ असोज । दशैंको मुखैमा उपत्यकाको मुख्य–मुख्य नाकामा दशैं मान्न उपत्यका छोडी गाउँ जाने यात्रुको लर्काे लागेको छ। बुधबारसम्म मात्रै १४ लाख १३ हजार ३ सय ५७ यात्रुले उपत्यका छोडेका छन्।

नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। त्यस्तै असोज ५ देखि १५ गतेसम्मको तथ्यांकअनुसार हेर्ने हो भने भने ८ लाख ४२ हजार २ सय ४९ जना यात्रु उपत्यका भित्रिएका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार १ लाख ५५ हजार ८ सय ७७ सवारीसाधन उपत्यकाबाट बाहिरिएको छ। त्यसै गरी १ लाख ३० हजार १ सय ६४ साधन उपत्यका भित्रिएको छ।

पछिल्लो दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेको उहाँले जानकारी दिनुभयो। ‘दुई दिनदेखि २ लाख बढी यात्रुले उपत्यका छोडिरहेका छन्’, उहाँले भन्नुभयो– ‘अझै तीन दिन बाँकीसम्म यात्रु बाहिरिने क्रम जारी रहने भएकाले अझै बढ्न सक्ने सम्भावना रहेको छ।’ यो समाचार आजको नेपाल समाचार दैनिकमा लेखेको छ ।