तहजिया बाबाको प्रतिमा व्यवसायीलाई दैनिक गुजारामा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तहजिया बाबाको प्रतिमा व्यवसायीलाई दैनिक गुजारामा समस्या

कपिलवस्तु, १२ भदौ । कागजको बाबा तहजिया बनाएर जिविकोपार्जन गर्दै आएका कपिलवस्तु नगरपालिकाका साना व्यवसायीहरुलाई लामो निषेधाज्ञाका कारण दैनिक गुजारामा समस्या भएको छ ।

कोरोना महामरीको कारण लगातार ५ महिनाको बन्दा बन्दीले बजार नखुले पछि उनीहरुले बनाएको तहजिया बिक्री गर्न नपाएपछि कपिलवस्तु नगरपालिका–१ का व्यापारीहरुलाई गुजारा चलाउन कठिन भएको हो । तहजिया विक्री नभएपछि फाल्ने अवस्था आइसकेको व्यापारीको भनाई छ ।

मोहरममा बाबा बिक्री गरेर प्रत्येक बर्ष २ लाख देखि ३ लाखसम्म आम्दानी गर्दै आएका उनीहरुलाई यसपाली बिक्री गर्न नपाउँदा समस्या भएको हो । मोहरम एउटा मात्र यस्तो पर्व हो जसमा हिन्दु र मुस्लिम एक साथ निकै सौहार्दपुर्ण वातावरणमा मनाउने गर्दछन् ।

रंगीचङ्गी कागज र बासको सहायताले मन्दिरको आकारमा बनाइने तहजिया बाबाको हिन्दु धर्माबलम्बीले पनि पुजा आजा गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);