वडाध्यक्ष श्रेष्ठद्वारा प्रहरीलाई एक सय थान भिटिएम हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वडाध्यक्ष श्रेष्ठद्वारा प्रहरीलाई एक सय थान भिटिएम हस्तान्तरण

illam VTM

इलाम, ११ भदौ । इलाम नगरपालिका वडा नम्वर-७ का अध्यक्ष नरेश श्रेष्ठले जिल्ला प्रहरी कार्यालय इलामलाई एक सय थान भिटिएम (स्वाब संकलन गरेर राख्ने भाँडो) हस्तान्तरण गर्नु भएको छ । भिटिएम अभावका कारण स्वाब संकलनमा समस्या हुने गरेको थाहा पाएपछि वडाध्यक्ष श्रेष्ठले आफ्नै लगानीमा भिटिएम हस्तान्तरण गर्नु भएको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा एक कार्यक्रमका बीच वडाध्यक्ष श्रेष्ठले इलामका प्रहरी प्रमुख नविनराज राईलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्रहरीको सरुवा बढुवा हुँदा एक ठाउँमा कोरोना पोजिटिभ भएर पनि अर्को ठाउँमा जाने भएका कारण कोरोना भाइरस फैलिन सक्ने भएकाले पनि सतर्कता अपनाउन सो सामाग्री हस्तान्तरण गरिउको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आउने प्रहरीहरुलाई राख्नका लागि भर्खरैबाट प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिर प्रयोग गरिन थालिएको छ । बाहिरबाट आएका प्रहरीहरुलाई क्वारेन्टीनका रुपमा १४ दिनसम्म सो स्थानमा राख्न थालिएको प्रहरी प्रमुख राईले बताउनुभयो । सोहि बाल मन्दिरमा बस्ने प्रहरीहरुलाई लक्षित गरेर भिटिएम वितरण गरिएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);