हाइस दुर्घटना हुँदा ७ जना घाइते, २ जनाको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हाइस दुर्घटना हुँदा ७ जना घाइते, २ जनाको अवस्था गम्भीर

motercycle durghatana

बैतडी, ४ भदौ । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा गाडी साहु डडेल्धुरा अमरगढी नगरपालिका ७ का शेर बहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का २५ बर्षीया बिस्ना जोशी रहेका छन् । यस्तै दार्चुलाको शैल्यशिखरकै ३९ बर्षीय नवराज जोशी, ४२ बर्षीया लक्ष्मी जोशी,३९ बर्षीय जयदेव जोशी, ४२ बर्षीय पल्लभ जोशी पनि घाइते भएका छन् ।

घाइतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।

अन्य घाइतेहरुको पाटनमा उपचार भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा ३ ख ९११७ नम्बरको हाइस दशरथचन्द राजमार्गको पाटनस्थित लामाखेतमा बुधवार राती दुर्घटनामा परेको हो ।

१७ जना सवार हाइस सडकबाट २० मिटर तल खसेको छ । ब्रेक फेल भएर हाइस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हाइसका चालक धिर्क बहादुर खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);