अस्पतालमा आगलागी हुँदा ८ को मृत्यु सयभन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

अस्पतालमा आगलागी हुँदा ८ को मृत्यु सयभन्दा बढी घाइते

एजेन्सी, ३ पुस । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु छ । आगलागीमा परेर १३० जना भन्दा बढी घाइते भएका छन् ।

मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । सोमबार साँझ भएको आगलागीमा दमकल पुग्दासम्म ठूलो क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

अस्पतालमा आगलागी भएपछि ज्यान जोगाउन छतबाट हाम फाल्दा धेरै व्यक्ति घाइते भएका बताइएको छ । अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।