गस्तीमा गएका असईको मृत्यु, प्रहरी जवान बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गस्तीमा गएका असईको मृत्यु, प्रहरी जवान बेपत्ता

धनगढी, २ कार्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक मृत फेला परेका छन् ।

शनिबार रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन ।

चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क विहिन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);