मुगु हत्याकाण्डमा शंकास्पद एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मुगु हत्याकाण्डमा शंकास्पद एक व्यक्ति पक्राउ

काठमाडौं, १३ कात्तिक । मुगुमा आमासहित ३ बालबालिकाको हत्या गरेको आरोपमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि ती व्यक्तिको नाम भने गोप्य राखेको छ । अनुसन्धानमा अफ्ठेरो पुग्ने देखिएपछि नाम सार्वजनिक नगरेको प्रहरीको भनाइ छ ।

प्रहरीको अनुसार तालिम प्राप्त कुकुरले पनि कुनै संकेत दिन सकिरहेको छैन् । हत्याकाण्डको अनुसन्धान अघि बढाउन डिआईजी भीमप्रसाद ढकाल आइतबार नै घटनास्थल पुगिसकेका छन् ।

मृतावस्थामा फेला परेका एकै परिवारका ४ जनाको शव जिल्ला सदरमुकाममा ल्याइएको छ । एकै परिवारका आमासहित २ छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गममढी ल्याइएको हो ।

छायानाथ रारा नगरपालिका ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमा श्रीदेवी बोहोरा,उनका जेठो छोरा ११ वर्षीय मनोज, सानो आठ महिनाका छोरा र ९ वर्षीय छोरी अप्सरा शुक्रबार मृत अवस्थामा फेला परेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);