राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने

nepal rastra bank

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने भएको छ । यतिबेला राष्ट्र बैंकसँग प्रशस्त सिक्काको मौज्दात भएकाले तत्काल सिक्का निष्काशन नगर्ने भएको हो ।

हाल करिब २१ करोड रुपैयाँभन्दा बढीको सिक्का मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १ र २ रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात छ । राष्ट्र बैंकसँग रहेकोे यो मौज्दातले करिब दुई वर्षसम्मको माग धान्न सक्छ ।

स्रोतका अनुसार त्यसपछिका वर्षहरुका लागि सिक्काका लागि टेन्डर आह्वान गर्न लागिएको छ । राष्ट्र बैंकले विभिन्न पाँच कम्पनीहरुलाई सिक्का छपाईका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);