राष्ट्र बैंकसँग २२ करोड सिक्का | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

राष्ट्र बैंकसँग २२ करोड सिक्का

sikka paisa

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ ।

अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, जनकपुर शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको विभागको भनाइ छ । त्यस्तै, पोखरा शाखासँग ३४ लाख, भैरहवा शाखासँग २१ लाख, नेपालगंज शाखासँग ६७ लाख र धनगढी शाखासँग ७८ लाख रुपैयाँ सिक्का रहेको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ ।

राष्ट्र बैंकसँग भएको सो मौज्दातले डेढदेखि दुई वर्षसम्मको माग धान्न सक्ने बैंकले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);