गल्ती गर्ने त्रिविका कर्मचारीमाथि कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गल्ती गर्ने त्रिविका कर्मचारीमाथि कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

विश्वविद्यालय भित्र कल्पना गर्न नसकिने खालका बेथिति भित्रिएको प्रति दु:ख व्यक्त

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कार्वाही हुने बताउनु भएको हो ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गर्नु भयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवीनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराउनु भयो । उहाँले विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्र्एिको उल्लेख गर्दै दुःख पनि व्यक्त गर्नु भयो ।

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);