साउनमा भारतका राष्ट्रपतिको नेपाल भ्रमण तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

साउनमा भारतका राष्ट्रपतिको नेपाल भ्रमण तयारी

ramnatha kobinda

काठमाडौं, ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् ।

‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन, भ्रमणको तयारी भइरहेको छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘विदेशसचिवसँगको भेटमा राष्ट्रपतिको भ्रमण, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकलगायत विषयमा छलफल भयो । कुनै पनि विषय फाइनल भएको छैन ।’ राजदूत आचार्य र विदेशसचिव गोखलेबीचको छलफलमा रेग्मी र भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजन हेर्ने सहसचिव पीयूष श्रीवास्तव पनि सहभागी थिए ।

भारतीय राष्ट्रपति कोविन्द नेपालको सीमावर्ती राज्य उत्तरप्रदेशका बासिन्दा हुन् । नेपालमा उनको पहिलो राजकीय भ्रमण हुन लागेको हो । पूर्वराष्ट्रपति मुखर्जी पुष्कमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार हुँदा १७ र १८ कात्तिक ०७३ मा राजकीय भ्रमणमा आएका थिए । उनले जनकपुर र पोखरा पनि भ्रमण गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);