सीमा विवाद आउनुमा पैसा खाएको आरोप (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमा विवाद आउनुमा पैसा खाएको आरोप (भिडियोसहित)

aajko sandharb

काठमाडौं, २१ जेठ । माउण्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भ’मा नेपालको सीमा विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा केन्द्रीत भएर छलफल गरेका छन् । यो सन्दर्भमा राष्ट्रीय जनता पार्टी र समाजवादी पार्टी मिलेर संसदमा फेरि आर्को एक संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस अघि सरकारले नै सीमा विवादलाई समाधान गर्ने भएर एक सरकारी विधेयक पेश गरिसकेको छ । सीमा विवाद आउनुमा पैसा खाएको आरोप लागेको नै हो त ? राजपाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको के को लागि र किन आवश्यक छ ? के संविधान संशोधनको उठाएको मागको उपयुक्त समय यहि हो ? ईत्यादि विषयबारे सांसद नेकपा यज्ञ बहादुर बोगटी राजपा सांसद प्रमोद साहसंग गरिएको अन्तर्वाता यस्तो छ :

राजपाले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । यो के को लागि र किन आवश्यक छ ?

राजपा सांसद प्रमोद साह : यो संविधान संशोधनको बारेमा आज र अहिले मात्र उठाएको कुरा होइन । विस्तृत रुपमा यो जतिखेर जारी भैइरहेको थियो त्यतिखेर यो देशको ठुलो भु-भाग रहेको ठुलो जन समुदायले यो संविधानको विरोध गराईरहेको अवस्था थियो ।

अहिलेको समयमा राजपाले उठाएको संविधान संशोधनको मागको उपयुक्त समय यहि हो ?

राजपा सांसद प्रमोद साह : हाम्रो लागि उपयुक्त समय जहिले पनि हुन्छ । यो समय उपयुक्त नै छ ।

सांसद नेकपा यज्ञ बहादुर बोगटी : अहिलेको समय सीमा विवाद र कोरोना भाइरसको माहामारीको बेला जनतालाई कसरी बचाउने र देशओ सीमा कसरी जोगाउने समय भएकाले यो संविधान संशोधनको प्रस्ताव समय सान्दर्भिक छैन ।

थप जानकारीका लागि तलको भिडियो हेर्नु होला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);