आज विश्व बेपत्ता विरुद्धको दिवस, सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन बिद्रोही पक्षबाट २५ सय १० भन्दा बढि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज विश्व बेपत्ता विरुद्धको दिवस, सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन बिद्रोही पक्षबाट २५ सय १० भन्दा बढि बेपत्ता

काठमाडौं । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको संझनामा विश्व बेपत्ता विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरको सम्झनामा सन् १९८१ देखि संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलको सक्रिय भूमिकामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

दिवस मनाउने क्रमको सुरुआत ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । दिवसका अवसरमा मानवअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले बेपत्ता विरुद्ध विभिन्न जजचेतनाको कार्यक्रमको आयोजना गरी मनाउदै छन् ।

अन्तर्राष्ट्रियरुपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले यसबारे विश्वव्यापी रुपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।

नेपालमा विगतमा भएको दशवर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो । सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् ।

विभिन्न समयमा गरी तिनपटकसम्म उजुरी आह्वान गर्दा जम्मा ३,२२३ उजुरी दर्ता भएको छ । आयोगले प्रत्येक उजूरीलाई प्रारम्भिक कारवाही, प्रारम्भिक छानविन र विस्तृत छानविन गरी ३ चरणमा छानविन गर्छ।

प्रारम्भिक कारवाहीको चरणमा उजूरीको औचित्य रहे नरहेको, तथ्ययुक्त आधार भए नभएको, तोकिएको ढाँचामा उजूरी दिए नदिएको म्याद भित्र उजूरी दर्ता भए नभएको, सशस्त्र द्वन्द्वको अवधिभित्र घटना घटे नघटेको, द्वन्द्वको अवधिभित्र घटना घटेको भए तापनि सशस्त्र द्वन्द्वसँग सम्वन्धित भए नभएको लगायतका कुरा हेर्ने गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन बिद्रोही पक्षबाट २५ सय १० भन्दा बढि जना बेपत्ता पारीएको तथ्यांक छ । हाल आयोगले ६५ जिल्लाका २१०१ थान उजूरीहरुमा विस्तृत छानविनको पहिलो चरण कार्य सम्पन गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);