अब पैदलयात्रु आफैंले ट्राफिक लाइट थिचेर २ मिनेटमा बाटो क्रस गर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अब पैदलयात्रु आफैंले ट्राफिक लाइट थिचेर २ मिनेटमा बाटो क्रस गर्न सक्ने

काठमाडौं, ११ मंसिर । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले थिचेर ट्राफिक लाइट बाल्न पाउने भएका छन् । ‘पेलिकन क्रसिङ’प्रविधिमा बनाइएको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

बबरमहलस्थित जिल्ला अदालत अगाडीको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले थिचेर ट्राफिक लाइट बाल्ने सक्ने लाइट जडान गरिएको हो । पैदल यात्रुले स्वीच थिचेर २ मिनेटमा ट्राफिक बत्ती बल्छ र गाडी रोकिन्छन् र यात्रुले बाटो कट्न सक्छन् ।

त्यसको केही बेरमा हरियो बत्ती बल्छ र सवारी साधन चल्छन् । पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रम गराउने बताइएको छ । काठमाडौं महानगरले विभिन्न ३६ विद्यालयअ अगाडी यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);