सौरहा आसपासको संरक्षित क्षेत्रमा फोहोर संकलन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सौरहा आसपासको संरक्षित क्षेत्रमा फोहोर संकलन

चितवनको सौरहा आसपासको संरक्षित क्षेत्रमा फोहोर संकलन गरिएको छ ।

fohor sankalan

काठमाडौं, १४ चैत । चितवनको सौरहा आसपासको संरक्षित क्षेत्रमा फोहोर संकलन गरिएको छ ।

पर्यटकहरुको सहभागीतामा पर्यटकीय क्षेत्र सौरहामा फालिएको फोहोर संकलन गरिएको हो । फोहोर संकलनमा जर्मन, ईग्ल्याण्ड, फ्रान्स र अमेरिकाका पर्यटकको सहभागिता थियो । पर्यटकहरुले प्रकृतिलाई सफा राख्न र पर्यावरण जोगाउन फोहर व्यवस्थापनमा सहभागी भएको प्रतिक्रिया दिएका छन् ।

राप्ती नदी तथा सहायक नदीका मुहान क्षेत्रबाट बगेर आएका फोहरहरु निकुञ्ज क्षेत्रमा थुप्रिदा वन्यजन्तुलाई असर परेको भन्दै फोहोर संकलन अभियान सुरु गरिएको हो ।

सौरहाका स्थानीयले विगत एक सातादेखि फोहोर संकलन अभियान चलाई रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);