राजधानीमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' जडान कार्य किन रोकियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ३१ भदौ । राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो। जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण र अनुदानमार्फत ५० करोड सहयोग गर्ने जनाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको काठमाडौं दिगो सहरी यातायात आयोजनाले बोलपत्र आह्वान पनि गरेको थयो । तर, छनोट भएको ठेकेदार कम्पनीले बजेटभन्दा २३ प्रतिशत धेरै अर्थात् ६१ करोड ५० लाख रुपैयाँ लाग्ने प्रस्ताव ग-यो । बढ्न पुगेको रकम एडिबीले दिन अस्वीकार गरेपछि ट्राफिक लाइट जडान कार्यक्रम नै रद्द गरिएको हो।

‘ट्राफिक लाइटको बजेट ५० करोड राखिएको थियो । तर, ठेकेदार कम्पनीको बजेट २३ प्रतिशत धेरै देखियो । बढेको रकम दिन एडिबी मानेन । त्यसपछि कार्यक्रम नै रद्द गरेका हौँ,’ आयोजना प्रमुख अनन्त आचार्यले भने।

यी स्थानमा जडान गर्ने तयारी थियो

-पहिलो चरणमा सोह्रखुट्टे चोक, लैनचौर, केशरमहल, वीर अस्पताल, सुन्धारा, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोकमा ट्राफिक लाइट राखिने तयारी थियो ।

-दोस्रो चरणमा नारायणहिटी चोक, दरबारमार्ग महेन्द्र सालिक चोक, घन्टाघर, रत्नपार्क, पुरानो बसपार्क हुँदै भद्रकाली चोकमा जडान गर्ने तयारी थियो ।

-तेस्रो चरणमा जयनेपाल हल, कमलपोखरी, कमलादी, बागबजार, शंकरदेव क्याम्पस, सिंहदरबार, माइतीघर मण्डला हुँदै थापाथली चोकसम्म,

-चौथो चरणमा बबरमहल चोक, नयाँ बानेश्वर चोक, सिभिल अस्पताल हुँदै तिनकुने चोक,

-पाँचौँ चरणमा लैनचौरको उत्तर चोक, शीतलनिवास, कान्ति बाल अस्पताल चोक हुँदै निर्मलनिवाससम्म

-छैटौँ चरणमा कानदेवता चोक, शुक्रपार्क, पुल्चोक, जावलाखेल चोक हुँदै गोल्कुपाखा चोकमा ट्राफिक लाइट जडान गर्ने आयोजनाले जनाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);