प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै

PM oli

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार निजी निवास बूढानीलकण्ठ फर्किएलगत्तै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘परम्परागत तरिकाले होइन, सामान्य तरिकाले उहाँ सरकारी निवासमा प्रवेश गर्नुहुनेछ ।’ देउवाले सरकारी निवास खाली गरेलगत्तै ओलीको प्रवेशका लागि बालुवाटारमा शनिबार दिनभर सरसफाइ र मर्मतसम्भार गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालय आइतबारबाट सरकारी निवास बालुवाटार र सिंहदरबार दुवैतर्फ सञ्चालित हुनेछ । आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);