काठमाडौं,६ फागुन । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो बर्ष १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।
चालु अर्थिक बर्ष २०७४\०७५ को माघसम्ममा ५० मेगावाट बिजुली थपिइसकेको छ । बाँकी एक सय ६४.२८ मेगावाट थपिने सम्भावना रहेको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए । खबर आजको नागरिक दैनिकमा छ ।




