सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश कार्कीको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश कार्कीको एकल इजलासमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा संवैधानिक प्रावधान विपरीत मन्त्रिमण्डल गठन गरेको भन्दै परेका रिटमा आज सुनुवाई हुँदै छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा रिटको पेशी तोकिएको छ । अधिवक्ता अपेक्षा निरौला, कमलसिंह राना र कानुन विद्यार्थी सुरेश रोकायाले सुदूरपश्चिम प्रदेशमा संवैधानिक प्रावधान विपरीत सरकार पुनर्गठन गरिएको भन्दै सरकारविरुद्ध रिट दायर गराएका हुन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षीमा राखिएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरूको तर्फबाट समावेशी सिद्धान्त बमोजिम कूल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान विपरीत ११ जना मन्त्री बनाइएकोले रिट दर्ता गरिएको रिटमा उल्लेख छ ।

जेठ १४ गते सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री र ४ राज्यमन्त्री थपेर विस्तार गरिएको थियो । योसँगै सुदूरपश्चिममा १ मुख्यमन्त्री, ६ मन्त्री र ४ राज्यमन्त्री गरी कुल ११ सदस्यको मन्त्रिमण्डल बनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);