आज नुवाकोट बन्द, मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज नुवाकोट बन्द, मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन

nuwakot

शालिकराज चालिसे
नुवाकोट, ६ माघ । स्थानीयले नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्म भईरहेको सडक विस्तारको मुआव्जा पाउनु पर्ने माग राख्दै आइतवार यातायात ठप्प पारेका छन् । प्रभावित समुहले मुआब्जाको विषयमा पटक–पटक ध्यानआकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

स्थानीयहरुले नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अतिग्रहण गरिएका जग्गाको मुआब्जा पाउनुपर्ने माग राख्दै यातायात बन्द गराएका छन् । प्रभावित समुहले आइतवार विहानैदेखि रसुवा, केरुङ जाने र उतावाट आएका मालबाहक बसहरुलाई बीच बाटोमा रोकेर राखेका हुन् ।

प्रभावित समुहले बीच बाटामा यातयातका साधनलाई रोकेपछि नुवाकोट र रसुवा हिँडेका कयौन यात्रुहरु अलपत्र परेका छन् । स्थानीयले पूर्व जानकारी विना बन्द गराउँदा आफुहरु अप्ठ्रयारोमा परेको यात्रुहरुको गुनासो छ ।

धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्–स्याफ्रुबेंसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने यो सडकको लम्बाई ८२ किलोमिटर छ । सडकको अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भईसकेको छ । सडक आयोजनाले २०३४ सालमा सडकको दायाँबायाँ १५/१५ मिटर तोकिएको र मुआव्जाको विवाद समेत मिलिसकेको भन्दै अहिले दिन नमिल्ने जवाफ दिदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);