मुअाब्जाको माग गर्दै नुवाकोटको विदुरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मुअाब्जाको माग गर्दै नुवाकोटको विदुरमा प्रदर्शन

शालिराम चालिसे
नुवाकोट, २४ मंसिर । नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्म मुअाब्जाको माग गर्दै पिपलटार–ढुङ्गे सडकखण्ड प्रभावित सरोकार समितिले सोमबार सदरमुकाम विदुरमा प्रर्दशन गरेका छन् । सरोकार समितिले सडक आयोजनाले क्षतिपुर्ति दिने विषयमा आलटान गरेका कारण विरोध स्वरुप बट्टारदेखि ढ्ङुगेसम्म प्रदर्शन गर्नु परेको जनाएको छ । समितीका संयोजक लिलानाथ न्यौपानेले माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

यो आयोजनमा देखिएको मुद्दालाई नुवाकोटका राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेका छन् । बट्टारका स्थानीय तथा राजनैतिक दलका नेताहरुले आयोजनाले मुअब्जा नदिए सर्वाेच्च अदालत सम्म जाने चेतावनी दिए ।

यता, आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने अनौपचारिक रुपमा बताउने गरेको छ । आयोजनाले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने तर्क गरेको छ ।

पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाको काम करिव २८ प्रतिशत सम्पन्न भएको ठेकेदारको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);