नेपालमा चिनियाँ बैंक स्थापना गर्ने प्रतिवद्धता पूरा नहुनु दुखद : अध्यक्ष श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा चिनियाँ बैंक स्थापना गर्ने प्रतिवद्धता पूरा नहुनु दुखद : अध्यक्ष श्रेष्ठ

trade investment nepal

काठमाडौं, ६ माघ । व्यवसायीहरुले सरकारले आफुले गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवर्धनमा समस्या आएको बताएका छन् । आइतबार राजधानीमा आयोजित व्यापार र लगानी सम्बन्धी अन्तरक्रियामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले नेपालमा चिनियाँ बैंक स्थापना गर्ने प्रतिवद्धता जनाएपनि अहिले सम्म हुन नसकेको बताए ।

चीनसंगको नेपाली व्यापार विस्तारका लागि नेपालमा चिनियाँ बैंक स्थापना हुनु जरुरी रहेको भन्दै उनले प्रतिवद्धता गरेर पनि अहिले सम्म त्यस तर्फ प्रयास नहुनु दुखद भएको बताए । अन्तराष्ट्रिय व्यापार प्रवर्धनमा कार्यरत चाईना परिषदको टोलीसंग उनले बैंक स्थापनाका लागि पहल गर्दै नेपालमा लगानी बढाउन आग्रह गरे ।

नेपालसंगको अन्तराष्ट्रिय व्यापार विस्तारको क्रममा परिषद्को ३० सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो । नेपालमा रेल्वे विकास, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क तथा पर्यटनको क्षेत्रमा चिनिया व्यापारी टोलीले चासो देखाएको अध्यक्ष श्रेष्ठले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);